INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडितलाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ पुस १४ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

२४ वर्षीया बालत्कार पीडित महिलालाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडितकी आमालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

ज्यालादारी गरी घर गुजारा गर्दै आउनुभएकी पीडितको आर्थिक अवस्था दयनीय भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित पक्षले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेकले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

पीडितलाई ०८२ मङ्सिर १६ गते धनगढी उपमहानगरपालिका–१२ मनेहराका ४५ वर्षीय झंकुराम चौधरीले बलात्कार गरेको आरोपमा पीडित पक्षले ०८२ पुस ७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो । पीडितको स्वस्थ्य परीक्षण पुस ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मैनामोती चौधरी

अन्य

भिडियो