१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।
पीडित बालिकालाई आरोपितले फागुन २० गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षले दिएको उजुरीको आधारमा गुलरिया नगरपालिका-१ का शिवप्रसाद थारूलाई फागुन २२ गते गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी ऋषिराम घर्तिमगरले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण फागुन २२ गते बर्दिया अस्पताल, गुलरियामा भयो ।