INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ मङ्सिर २८ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित युवतीलाई ०८१ जेठ २१ गते मलंगवा नगरपालिका-७ गणेशीयाका २० वर्षीय दिपक कुमार यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा जेठ ३२ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ३२ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपित यादव हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

पीडितको आर्थिक अवस्था कमजोर रहेको र न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले पीडितलाई आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।

अन्य

भिडियो