बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८२ जेठ २० गते न्यायिक प्रकृयामा सहयोग पुर्याउन आर्थिक सहयोग प्रदान गरेको छ ।
बालिकालाई न्यायिक प्रकृयामा जान सहज होस् भन्ने उद्देश्ले पीडित परिवारलाई इन्सेक जिल्ला प्रतिनिधि मार्फत् १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।
१३ वर्षीया बालिकालाई ०८१ कात्तिक २७ गते २० वर्षीय सागर परियारले बलात्कार गरेको भन्दै पीडित पक्षले ०८२ वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले घटनाका आरोपितलाई वैशाख १६ गते गिरफ्तार गरी कानुनी दायरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।