बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ जेठ ८ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
कैलारी गाउँपालिकाकी १५ वर्षीया सुस्तमनिस्थिति भएकी बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित परिवारलाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।
पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेकद्वारा संचालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि घटनाको अद्यावधिक गरी इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।
पीडित बालिकालाई ०८१ चैत ६ गते कैलारी गाउँपालिका १७ वर्षीय बालकले बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।
कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग
बलात्कार घटनाकी पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम