१२ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत २८ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।
पीडित बालिकालाई ०८० फागुन १० गते ७१ वर्षीय हजुरबुबाले बलात्कार गरेको भन्दै पीडित पक्षले असार ३ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दिएको थियो । घटनाका आरोपितलाई असार ३ गते गिरफ्तार गरी कानुनी दायरा ल्याइएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार २ गते जिल्ला अस्पतालमा भएको थियो ।