INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग

चार वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत २८ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।

पीडित बालिकालाई चैत २ गते २८ वर्षीय काकाले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजरी दिएको थियो । घटनाका आरोपितलाई चैत २ गते गिरफ्तार गरी कानुनी दायरा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो