INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले पीडित बालिकाकी आमालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडित पक्षले मानव अधिकार सहायता कक्षमा निवेदन दिनु भएको थियो । सोही निवेदको आधारमा इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

आर्थिक अभावका कारण पीडितले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ असार ११ गते ३५ वर्षीय खेम साउदले बलात्कार गरेको भन्दै पीडित बालिककी आमाले भदौ १३ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।

पीडित बालिकाको स्वस्थ्य परीक्षण भदौ १३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो