INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग

१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ फागुन ६ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो ।

पीडित बालिकालाई भदौ ५ गते ठाकुरबाबा नगरपालिका-९ का ठुलो बुवाको छोरा दाईले बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १ गते जिल्ला प्रहरी कार्यालय, गुलरियामा उजरी दिएको थियो । घटनाका आरोपितलाई माघ ३० गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ३० गते बर्दिया अस्पताल, गुलरियामा भयो ।

अन्य

भिडियो