INSEC Online

📅 २०८३ जेष्ठ २१

बराहताल मानव अधिकार समूहको बैठक सम्पन्न

बराहताल मानव अधिकार समुहका संयोजक छविलाल शर्माको अध्यक्षतामा ०८२ जेठ ८ गते बराहताल गाउँपालिका-५, बड्डीचौरमा बराहताल मानव अधिकार समूहको बैठक सम्पन्न गरिएको छ ।

बैठकमा बराताल गाउँपालिकामा मानव अधिकार संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन सम्बन्धी कार्यक्रम आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तावना पेश गर्ने ऐजेण्डा माथि छलफल गरिएको हो ।
बराहताल गाउँपालिकाको कार्यालय अन्तर्गत आर्थिक वर्ष ०८२/८३ का लागि मानव अधिकार संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालनको लागि पालिकाको नीति तथा कार्यक्रममा समावेश गर्नका लागि गाउँपालिकाका प्रमुख भिमबहादुर भण्डारीलाई दिने र समूहमा भएका निस्क्रिय सदस्यलाई सक्रिय हुनको लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकमा बराहताल मानव अधिकार समूहका संयोजक छविलाल शर्मा, सदस्य रैमा सुनार, गोमा विक, इमा बस्नेत, ख्यामु पौडेल, रत्नलाल सुवेदी र इन्सेक फोकल पर्सन ललिता विकले बैठकको सहजीकरण गर्नुभएको थियो ।

Photo24052025Surkhet

अन्य

भिडियो