प्रयोगशाला नहुँदा नागरिकहरू विषादी परीक्षण बिना खाद्य बस्तु उपभोग गर्न बाध्य छन् ।
इन्सेक र मानव अधिकार समूहको आयोजनामा माघ २४ गते आयोजित खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बुद्धभुमि नपा–२ का वडा अध्यक्ष भेषराज खनालले उक्त कुरा बताउनु भएको हो ।
खनालले मौलिकहकको धारा ३६ मा खाद्य अधिकारको सुनिश्चितताका गरेकोले स्थानीय सरकारले कार्यविधि बनाएर कार्यान्वय गर्ने बताउनु भयो । उहाँले बजारमा बिक्री बितरण हुने बस्तुहरूको गुणस्तर परीक्षण गर्न श्रोत साधन अभावले समस्या भएको बताउनु भयो ।
कृषि शाखाका निमित्त प्रमुख देवीराम बेलवासेले तरकारीमा विषादी मात्रा बढी रहेको बताउदै छनोट गरेर उपभोग गर्नुपर्ने बताउनु भयो ।
इलाका प्रहरी कार्यालयका इस्पेक्टर कृष्ण राना मगरले बस्तुको उत्पादन रूमिति र प्रयोग गर्न मिल्ने अवधि अनिवार्य रुपमा हेरेर खरिद गर्न उपभोक्तालाई आग्रह गर्नु भयो । कसैले कानुन जानेको छैन भनेर उन्मुक्ति नपाउने भन्दै व्यावसाय सञ्चालन गर्दा कानुनले तोके बमोजिम गर्न सुझाव दिनु भयो ।
अधिकारकर्मी महेन्द्र खनालले खाद्य बस्तुमा मिसावट गर्नेलाई कानुनी दायरामा नल्याएसम्म समस्या यथावत रहने बताउदै तीन वटै तहका सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।
महिला अधिकारकर्मी निर्मला यादवले गरिब परिवारका गर्भवति महिलाहरूले पोषण युक्त खाना बताउदै दक्षिणी भेगमा २५ प्रतिशत बालबालिकाहरूमा कुपोण रहेको बताउनु भयो ।