INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन

कर्णाली प्रदेश स्तरीय मानव अधिकार समूह पुस २१ गते सुर्खेतको पञ्चपुरी नगरपालिकामा गठन गरिएको छ ।

इन्सेक कर्णाली प्रदेशको आयोजनामा दैलेख जिल्लाको दुल्लु नगरपालिका र विन्द्रासैनी नगरपालिका, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहको सहभागीतामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको हो ।

कर्णाली प्रदेश स्तरीय मानव अधिकार सञ्जालको संयोजकमा पञ्चपुरी नगरपालिकाका मानव अधिकार समूहका सदस्य पदम सार्की मनोनित हुनुभएको छ ।

प्रदेश स्तरीय मानव अधिकार समूहमा नौ जना कार्य समिति रहने गरी समिति गठन गरिएको हो ।

दुल्लु नगरपालिकाबाट सुशीला कु योगी र गणेश नेपाली, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट हर्क बहादुर सावन र बालीराम जैसी, पञ्चपुरी नगरपालिकाबाट पदम सार्की, इन्द्रा विसी, कल्पना पुन मगर र बराहताल गाउँपालिकाबाट चन्द्रा चर्ती मगर र तिलक मर्साङ्गी मगर गरेर नौ जना प्रदेश स्तरीय मानव अधिकार सञ्जालमा एक जना संयोजक सहित आठ जना सदस्य रहने गरी मानव अधिकार सञ्जाल गठन भएको हो ।

गठित मानव अधिकार सञ्जालका संयोजक पदम सार्कीको अध्यक्षतामा प्रदेश स्तरीय मानव अधिकार समूहमा रहेका सम्पूर्ण पदाधिकारी हरुले स्वास्थ्य,शिक्षा, वातावरण संरक्षण, जातिय विभेद, लैङ्गिक हिंसामा आएका सवालहरुलाई सूचीकृत गरी आगामी बैठकमा छलफल गरी सम्बन्धित निकायमा माग पेश गर्ने निर्णय गरेको छ ।

Photo20230106Surkhet

अन्य

भिडियो