अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ ।

मानव अधिकार समूहका संयोजक इन्द्रा बिसीको संयोजकत्वमा बसेको बैठकमा मानव अधिकार शिक्षा सम्बन्धी सञ्चालन भइरहेको कार्यक्रमको असल अभ्यास र समुदायमा कार्यक्रमले पारेको प्रभावको विषयमा छलफल गरिएको थियो ।
त्यस्तै मानव अधिकार शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन समूहलाई गाउँगाउँमा गठन गरेर सचेतना मूलक कार्यक्रम अन्तर्गत सडक नाटक सञ्चालन गर्ने, समूहको दिगोपनाका लागि स्थानीय तहका वडासँग समन्वय गर्ने र समूहलाई सुचिकृत गर्ने, स्थानीय तहमा देखा परेका शिक्षा, स्वास्थ्य र दलितका हक लगायतका सवालमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाई ज्ञापन पत्र बुझाउने र सुनिलसिंह सुनारको अध्यक्षतामा प्रदेशस्तरीय बाल अधिकार समुह गठन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बाल समूह गठन गरेर बैठक समेत बसेको थियो ।

