INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम सुरु

कर्णाली प्रदेश स्तरीय मानव अधिकार रक्षक अभिमुखीकरण कार्यक्रम ०८२ जेठ २६ गतेबाट सुर्खेतको वीरेन्द्रनगरमा सुरु गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।

Photo 2025-06-09 Surkhet (1)

मानव अधिकार रक्षकको अवस्था र काम गर्दा आइपर्ने समस्या र समाधानका विषयमा अभिमुखीकरणको आयोजना गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मानव अधिकार रक्षकहरुका अधिकार, चुनौती, बनेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र त्यसको कार्यान्वयनको अवस्था, महिला मानव अधिकार रक्षकहरुको अवस्थाका विषयमा जानकारी गराइनेछ ।

Photo 2025-06-09 Surkhet (2)

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले पछिल्लो समय मानव अधिकार रक्षकहरु असुरक्षित भएको भन्दै नीति बनाउन राज्यले चासो राख्नुपर्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा हुम्ला, डोल्पा, दैलेख, सल्यान, जाजरकोट र सुर्खेतका २६ जना मानव अधिकार रक्षकहरुको सहभागिता रहेको छ ।

अन्य

भिडियो