INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेशस्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदुरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १८ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय तहमा सञ्चालनमा रहेका मानव अधिकार समूहले कार्यायोजना निर्माण गरेर काम गर्दा स्थानीय सरकारलाई जवाफादेही बनाउन सक्नु पर्ने र मानव अधिकार रक्षकको लागि सिटीभिटीबाट सञ्चालन भइरहेको तालिममा सहभागि हुने चाहनेहरुको नाम संकलन गरी सिफारिस गर्न अनुरोध गर्नु भयो ।

photo202401004kailali (2)

प्रदेशस्तरीय मानव अधिकार समूहका अध्यक्ष गोविन्द सापकोटाले प्रदेशस्तरीय मानव अधिकार समूहले निर्माण गरिएको कार्यायोजना स्थानीय तहका पदाधिाकारीहरुलाई भेटेर कार्यान्वयनका लागि अनुरोध गरिएको बताउनु भयो ।

चाडपर्वको समयमा हुने कालोबाजारी तथा अनियमितताका बारेमा बजार अनुगमन गर्ने, मानव अधिकार तालिम लिन चाहानेहरुको नाम छनौट गरी पठाउने र वातावरणीय अधिकारका लागि गोदावरी नगरपालिकामा रहेको चुरे दोहोेन बारेमा पीआइएल गर्नका लागि कानुनविद र विशेषज्ञहरुसँग छलफल गर्ने उहाँले बताउनु भयो ।

अन्य

भिडियो