INSEC Online

📅 २०८३ श्रावण ११

प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

इन्सेकद्वारा गठित कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको समीक्षात्मक बैठक साउन ११ गते सम्पन्न गरिएको छ ।

मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्यहरूको अधिकार रक्षाका लागि बहस तथा पैरवीका लागि ०८२ मङ्सिर २ गते गठन गरिएको कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको ०८३ साउन ११ गते समीक्षात्मक बैठक सम्पन्न गरिएको हो ।

बैठकमा अल्सङ्ख्यक र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य र वातावरणको अधिकार संरक्षणका सञ्जालले खेलेको भूमिका विषयमा छलफल गरिएको छ ।

संविधानमा उल्लेख भएका मौलिक हकहरूको कार्यान्वयनका लागि मानव अधिकार रक्षक सञ्जालले ०८२ मङ्सिर २ गतेदेखि ०८३ साउन ११ गतेसम्मको अवधिमा सञ्चालन गरेका २४ ओटा गतिविधिका बारेमा सदस्यहरूबीच समीक्षात्मक छलफल गरिएको सञ्जालका संयोजक देबी बाँस्कोटाले बताउनु भयो ।

मानव अधिकार शिक्षा कार्यक्रम कार्यान्वयनका लागि प्रदेशस्तरीय सञ्जालले नौ महिनाको अवधिमा २४ ओटा गतिविधि शिक्षा, स्वास्थ्य, वातावरणीय अधिकार, दलित अधिकार, अपाङ्गता भएका व्यक्तिको अधिकार, लैङ्गिक हिंसाविरूद्धका अभियान सञ्चालन गरिएको विषयमा सञ्जालका सदस्यहरूबिच समीक्षा गरिएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले बताउनु भयो ।

नौ महिनाको अवधिमा सञ्जालको बैठक ०८२ मङ्सिर १९, ०८२ चैत १२, ०८३ असार १२ र ०८३ साउन ११ गते गरी चार ओटा बैठक सम्पन्न गरिएको छ । सोही अवधिमा सञ्जालले वातावणीय अधिकार र मानव अधिकारका विषयमा सुनसरीको दुहवी नगरपालिकमा ०८३ वैशाख १४ गते, व्यवसाय र मानव अधिकारका विषयमा विराटनगर महानगरपालिकामा जेठ ७ गते र शिक्षा, स्वास्थ्य र मानव अधिकारका विषयमा असार २६ गते विषयत अन्तरक्रिया सरोकारवालाबिच सम्पन्न गरेको छ ।

मानव अधिकार अभियान अन्तरगत ०८२ मङ्सिर १४ गते रङ्गेली नगरपालिकामा किशोरी स्वास्थ्य एवम् परामर्श मेला, बुढीगङ्गा गाउँपालिकमा मङ्सिर २२ गते लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान, मङ्सिर २३ गते सचेतना अभियान र मङ्सिर २४ गते सुशासन तथा निश्पक्ष निर्वाचनमा नागरिक समाजको भूमिकाका विषयमा सञ्जालमार्फत अन्तरक्रिया सम्पन्न गरिएको छ ।

मानव अधिकार रक्षक सञ्जाल गठनपछि बुढीगङ्गा गाउँपालिकामा किशोरी शिक्षा तथा यौन प्रजनन सम्बन्धी तालिम, शिक्षाको अधिकार, जातीय विभेदका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको सञ्जालको बैठकमा छलफल गरिएको छ ।

मानव अधिकार रक्षक सञ्जालको चौथो बैठकमा सञ्जालका सदस्यहरू लीलानाथ निरौला, प्रकाश परियार, दीपेन्द्र झा, अनिमेश पोखरेललगायतले आगामी दिनमा मानव अधिकार शिक्षा अभियानलाई प्रभावकारी बनाउने विषयमा सुझाव दिइएको छ ।

विनोद सुवेदी

अन्य

भिडियो