अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २७ गते देखि मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सुरु गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत जिल्लास्तरमा गठन गरिएका मानव अधिकार निगरानी समूहका पदाधिकारीका लागि आयोजना उक्त तालिमको आयोजना गरिएको हो ।
तिन दिनसम्म सञ्चालन गरिने तालिममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका उपनिर्देशक झङ्कर रावलले निगरानी समूहका सदस्य तथा पदाधिकारीले आम नागरिकले मौलिक अधिकार उपभोग गर्न पाए/नपाएको विषयमा खबरदारी गर्नुपर्ने बताए ।

इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले समृद्धिका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारप्रति नागरिकको ध्यानाकर्षण गराउँदै सरकारी अधिकारीलाई जबाफदेही बनाउन आवश्यक भएको बताए ।
इन्दिरा भट्टराई