INSEC Online

📅 २०८३ जेष्ठ २१

पीडितहरुको सुरक्षा तथा न्यायको लागि मानव अधिकार रक्षकहरुको भूमिका विषयक अभिमुखिकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा तथा डिसीए परियोजना अन्तर्गत पीडितहरुकोे सुरक्षा तथा न्यायको लागि मानव अधिकार रक्षकहरुको भूमिका विषयक अभिमुखिकरण चैत ९ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा गठन गरिएका मानव अधिकार रक्षकहरुको ज्ञान, सिप र क्षमताको बिकास गरी पीडितहरुको सुरक्षा तथा न्यायको लागि महत्वपूर्ण भूमिका खेल्न सकुन भन्ने उद्धेश्यकले कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, धनगढीका प्रमुख मोहनदेव जोशीले मानव अधिकार रक्षक सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनको प्रावधान र पीडितहरुको सुरक्षा तथा न्यायमा मानव अधिकार रक्षकको भूमिका विषयमा सहजिकरण गर्नु भएको थियो ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश संयोजक अर्जुन शाहले पीडितहरुको पक्षमा काम गर्दा आइपरेका चुनौती तथा समाधानका उपायबारे छलफल गराउनु भएको थियो ।

एड्जस नेपालकी अध्यक्ष चित्रा पनेरुले मानव अधिकारको परिभाषा, अधिकार र दायित्वको विषयमा छलफल गराउनु भएको थियो ।

कार्यक्रममा गौरीगंगा नगरपालिकाका मानव अधिकार समुहका संयोजक कुष्ण  खड्काले अभिमुखिकरण कार्यक्रमले काम गर्ने हौसला प्रदान गरेको बताउँदै आगामी दिनहरुमा मानव अधिकार समुहले कार्ययोजना बनाएर काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

अभिमुखिकरण कार्यक्रममा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समुहका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Photo20210322Kailali

अन्य

भिडियो