INSEC Online

📅 २०८३ जेष्ठ २१

पालिका स्तरीय मानव अधिकार सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुबिनी  प्रदेश कार्यालयको आयोजनामा पालिका स्तरीय मानव अधिकार रक्षक  सञ्जाल गठन गरिएको छ  ।

मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कारबाहीको दायरा सम्म पु¥याउने उदेश्यले चैत ४ गते  बैजनाथ गाउँपालिकामा लक्ष्मी सुनारको  संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

photo2021031902banke

अधिकारकर्मीहरूलाई संगठित गर्दै मानव अधिकार रक्षकहरूको लागि जोखिम न्यूनीकरण पीडितका पक्षमा बहस पैरवी गर्ने  उद्देश्यले सञ्जाल गठन गरिएको इन्सेक लुम्बिनी प्रदेशका प्रलेख अधिकृत विनोद पाण्डेले बताउनु भयो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रूचाल ठकुरीले स्थानीय तहमा भएका मानव अधिकार विषय र पीडितको पक्षमा पैरवी गर्न सञ्जालले भूमिका खेल्नुपर्ने बताउनु भयो ।

सह संयोजकमा तुलसी ज्ञवाली, सदस्यहरूमा विन्दु सुनार, तुल्सी बुढा क्षेत्री, गङ्गा सुनार, कविता सिंह ठकुरी, गोमा रिजाल, बेदप्रसाद आचार्य, लक्ष्मी कुमारी थारू, कल्पना थापा सदस्य रहेका छन् ।

अन्य

भिडियो