जिल्ला अदालत कालिकोटका न्यायाधीश श्यामसुन्दर अधिकारी र प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले मानव अधिकार संरक्षण र प्रवर्धनका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाको जिल्ला सदरमुकाम मान्ममा असार १० गते आयोजित अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा उनीहरूले मानव अधिकार संरक्षण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
मानव अधिकार उल्लङ्घनका घटनाहरूको न्यूनीकरण गर्न र नागरिकका संवैधानिक हक अधिकारको सुनिश्चितका लागि सबै सरोकावाला निकाय लाग्नु पर्नेमा जिल्ला न्यायाधीश अधिकारीले जोड दिए ।

इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक १० वर्ष अगाडिदेखि पढ्दै आएको बताउँदै प्रमुख जिल्ला अधिकारी कार्कीले यस प्रकाशनले मानव अधिकार हनन् र ज्यदतीका घटनामा कमी ल्याएको सुनाए ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल्ले गिरफ्तारका दुई ओटा, यौन दुर्व्यवाहार तीन ओटा, घरेलु हिंसाका पाँच ओटा, धम्की तथा कुटपिटका पाँच ओटा र जातीय विभेदका तीन ओटासमेत १८ ओटा घटनाको अभिलेख प्रस्तुत गरेका थिए ।
कालीबहादुर मल्ल