INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन्न

हिंसाका घटना न्यूनीकरणका लागि गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारकर्मीले बताएका छन् ।

असार ९ गते नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२० का लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षामा सहभागी अधिकारकर्मीले महिला र बालिकामाथि बलात्कार र यौन दुर्व्यवहारका घटना बढेकोमा चिन्ता व्यक्त गरे ।

photo20190625gorkha (5)

कार्यक्रममा सन् २०१९ को जनावरीदेखि जुनसम्म राज्य पक्षबाट गिरफ्तार भएका चार,  अन्यपक्षबाट शिक्षक माथि भएका दुर्व्यवहारका दुई, बालिका माथि भएका बलात्कार र यौन दुर्व्यवहारका १०, महिला माथि भएका बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका तीन र महिला हिंसाका १० ओटा घटना गरी २९ ओटा घटना सार्वजनिक गरिएको छ ।

महिला हिंसा, बलात्कार, बलात्कार प्रयासका घटना न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा एम्नेष्टी इन्टरनेशनल समूह ७६ का रमेश अधिकारीले बताए ।

SAMSUNG CAMERA PICTURES

‘घटना सङ्कलन आफैँमा राम्रो कुरा हो । यसभन्दा माथि उठेर केही बृहदखाले जनचेतनामुलक कार्यक्रम गरौ।’-उनले भने ।

इन्सेकको घटना अभिलेखिकरण कार्य प्रसंशायोग्य भएको सहभागिहरूले बताए । ‘घटना अभिलेखिकरणको आधारमा विकृतिलाई रोक्न पनि केही हदसम्म सहयोग पुगकै छ ।’-पत्रकार महासङ्घका जिल्ला अध्यक्ष किशोरजङ्ग थापाले भने ।

photo20190625gorkha (6)

‘गतिविधि कस्तो गरेको छ हेरेर कानुनी दायरामा ल्याउनुपर्ने हो । आस्थाकै आधारमा गिरफ्तार गर्नु न्यायसङ्गत भएन ।’-मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारीले भने ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले बलात्कार र बलात्कार प्रयासका घटना बढ्दै गएकोमा दुःख व्यक्त गरे ।

हरिराम उप्रेती

अन्य

भिडियो