INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्लाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ५ गते सिमकोटमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले इन्सेकले मानव अधिकारको क्षेत्रमा जिल्लामा सरहानीय काम गरेको बताउँदै दुरदराजमा रहेका विभिन्न घटनाहरूलाई पनि पुर्ण रूपमा समेट्न सकेमा राम्रो हुने भनाई राखे ।

गाउँपालिकाका न्यायिक समितिका संयोजकहरूलाई पनि कार्यक्रममा सहभागी गराउन सके अझै फलदायी हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

ढकालले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना नियन्त्रण र न्यूनीकरणका लागि प्रहरी अग्रसर भएर लागि पर्नुपर्ने सुझाव दिका थिए ।

जिल्लाका सातओटै गाउँपालिकाका कुना कन्धरामा लुकेर रहेका पीडितहरू अधिकारको पक्षमा वकालत गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने नेपाली कांग्रेसका प्रतिनिधि सुशीला रोकायाले बताइन् ।

रोकायाले विद्यालयमा रहेका बालबालिका र ग्रामीण स्तरमा रहेका महिलाहरूका लागि मानव अधिकार सम्बन्धित जनचेतना मुलक कार्यक्रम फैलाएको भए झनै राम्रो हुने भनाइ राखिन् ।

हुम्लामा सामान्यदेखि जटिल खालका घटनाहरू रहेकोमा ति घटनाहरूलाई पनि समेटेमा प्रतिवेदन अझै उत्कृष्ट हुने सरकारी वकिल उदयचन्द्र अधिकारीले बताए ।

सम्बन्धित व्यक्तिको पहुँच नपुग्नु र सम्बन्धित ठाउँमा जानलाई पनि चार–पाँच दिन लाग्नु जस्ता भौगोलिक विकटता जस्ता पक्ष रहेपनि सूचनाको माध्यमबाट सत्यतथ्य जानकारी लिएर घटना सङ्कलन गर्दा राम्रो हुने अधिकारीको भनाई थियो ।

पत्रकार राजन रावतले सम्भव भएसम्म केही प्रतिनिधिमुलक घटनाका पीडित पक्षलाई समीक्षा कार्यक्रममा सहभागी गराउँदा कार्यक्रम थप प्रभावकारी हुने सुझाव दिए ।

पुर्व समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि सिंहले धम्की कुटपिट र जातीय विभेदका तीनओटा, शिक्षाको अधिकार सम्बन्धित एउटा, महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव र दुर्व्यवहारका तीनओटा र घरेलु हिंसाका चारओटा गरी ११ ओटा घटना प्रस्तुत गरेका थिए ।

Photo20190620Humla01

Photo20190620Humla02

नन्द सिंह

अन्य

भिडियो