INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले मानव अधिकार रक्षाका लागि पीडित केन्द्रित भएर अधिकारकर्मी सक्रिय हुनु पर्ने बताएका छन् ।

Photo20170625Sarlahi

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कँडेलले मानव अधिकार उल्लङ्घनको घटना मात्रै खाज्नु भन्दा मुख्य समस्या पत्ता लगाएर व्यक्ति केन्द्रित भएर अनुसन्धान भए मात्र पीडितले अधिकार पाउने बताए ।

मानव अधिकार उल्लङ्घनको घटना मात्र खोज्नु भन्दा पनि समधानको उपाय खोजी गर्नुपर्ने उनले बताए । चेतनाको कमीले मानव अधिकार उल्लङ्घन हुने गरेको बताउँदै मानव अधिकार उल्लङ्घन नगरेको सोचबाट सम्पुर्ण सरोकारवाला मुक्त हुनु पर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी उत्तमराज सुवेदीले समय परिवर्तनसँगै नेपाल प्रहरीको व्यवहारमा परिवर्तन आएको बताए । पीडक र पीडितलाई कानुन अनुसार व्यवहार नगरी यातना दिने प्रहारीलाई प्रहरी सङ्गठनले नै कारबाही गर्ने समेत उनले बताए ।

पछिल्लो समय महिला हिंसाका घटना बढेकाले महिला हिंसा न्यूनीकरणका लागि सचेतनामा सुवेदीले जोड दिए । पीडित महिलाको अधिकारका लागि प्रहरी र अधिकारकर्मी मात्रै लागेर हुँदैन पीडितका आफन्त र परिवारसमेत खुलेर बाहिर आउनु पर्ने एसपी सुवेदीले बताए । कम उमेरमा हुने विवाह र वैदेशिक रोजगारले महिला हिंसाको घटना बढेकाले सचेतनामा उनले जोड दिए ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख देवकुमारी खत्रीले सर्लाहीमा दैनिक ५ भन्दा बढी घरेलु हिंसाका घटना कार्यालयमा आउने गरेको बताइन् । उनले जिल्लाको होटेलहरूमा कानुन विपरीत बालबालिकालाई काममा लगाइएको बताइन् ।

कार्यक्रममा इन्सेक सर्लाहीका प्रतिनिधि सन्तोषकुमार सिंहले हत्याका पाँच, अपहरणको एक, बलात्कारका नौ ओटा घटना सार्वजनिक गरेका थिए ।

अनलाइन डेस्क

अन्य

भिडियो