INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा विराटनगरमा पुस १७ गतेदेखि दुई दिने नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रादेशिक वार्षिक सम्पादन भेला सुरू भएको छ ।

भेलामा प्रदेश १, का १३ जिल्लाका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको छ । भेलाको उद्घाटन सत्रमा इन्सेक प्रदेश कार्यालय विराटनगरका संयोजक सोमराज थापाले मानव अधिकारको क्षेत्रमा हरेक जिल्लामा इन्सेकले नै अग्रसरता लिएका कारण जिल्ला प्रतिनिधिहरूले कुनै पनि घटना नछोडी सङ्कलन गर्न र पीडितलाई न्याय दिलाउन लाग्नु पर्ने बताए ।

कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले वर्ष पुस्तकमा समेटिने घटनाको मिति, घटना विवरणलगायतका विवरण स्पष्ट हुनुपर्ने बताए ।

उनले बलात्कार, घरेलु हिंसा, हत्या जस्ता घटनामात्र नभई आर्थिक, सामाजिक तथा सांस्कृतिक  अधिकारका विषयमा पनि जिल्लाको अवस्था बुझ्दै समाचारमा बनाउन आग्रह गरे ।

इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठीले जिल्ला प्रतिनिधिहरूले जिल्लामा मानव अधिकारको क्षेत्रमा आफूले गरेका कामहरू लिपिबद्घ गरेर राख्न जरूरी रहेको बताए ।

इन्सेक प्रदेश १ कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले जिल्ला प्रतिनिधिहरूले घटना फारम सङ्कलन गरेर पठाउँदा पीडित, आरोपित, घटना मिति, उजुरी मिति, फैसला मिति जस्ता महत्पपूर्ण विवरण छुटाउन नहुने बताए ।

कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानवअधिकार अवस्था, अनलाइन समाचार तथा वर्ष पुस्तकका लागि घटना सङ्कलन गर्दा देखिएका समस्याका बारेमा छलफल गरेका थिए ।

photo20190101morang (1)

photo20190101morang (2)

ईन्दिरा भट्टराई

अन्य

भिडियो