INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ६ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला आधिकारी मदन भुजेलले इन्सेकले विगतदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरी वर्ष पुस्तकमार्फत नेपालको मानव अधिकारको अवस्था प्रस्तुत गर्दै आएको बताए  । प्रजिअ भुजेलले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका विषय वर्ष पुस्तकमा समेट्न सुझाव दिए ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका अधिकृत टङ्कप्रसाद खनालले स्थानीय तहले गरेका फैसलाहरूलाई पनि वर्ष पुस्तकमा समेटन सुझाए ।

जिल्ला प्रहरी कार्यालयका एसपी अरूण पौडेलले मानव अधिकार उल्लङ्घनका घटना सङ्कलन, अनुगमन र प्रलेख कार्य सत्य तथ्य हुनु पर्ने बताए । पौडेलले जिल्ला प्रहरी कार्यालय मानव अधिकारको संरक्षणका लागि प्रतिबद्ध रहेको बताए

उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका अध्यक्ष विकास अचार्यले मानव अधिकार सम्बन्धित निकाय सङ्घसंस्थासँग समन्वय गरी घटनाहरू सङ्कलन गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्सेक नेपालगञ्जका प्रलेख अधिकृत विनोद पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल गरिएको थियो । प्रतिवेदनमा धम्कीको एक, अपहरण तथा शरीर बन्धकको एक, बाल अधिकार अन्तर्गत अमानवीय व्यवहारको एक, बलात्कार तथा यौन दुर्व्यवहारका १२, महिला अधिकार अन्तर्गत परिवारजनबाट हत्याका चार, बलात्कार तथा बलात्कार प्रयासका १०, मानव बेचबिखन तथा ओसारपसारका तीन ओटा घटना समेटिएका छन् ।

रामसुहावन सोनकर

अन्य

भिडियो