अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम छत्रदेव गाउँपालिका–३ दुन्द्रुकमा पालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मनि पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लामा सन् २०२५ जनवरीदेखि जुनसम्म इन्सेकले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना २३ ओटा घटना इन्सेकले अभिलेख गरेको जिल्ला प्रतिनिधिबाट प्रस्तुत गरिएको छ ।

प्रस्तुत घटनाहरुमध्ये घरेलुहिंसाका ११, दुव्र्यवहारका ६, हत्याका तीन, बलात्कारका दुई र बालविवाहको एक ओटा गरी २३ ओटा घटना रहेका छन् ।
कार्यक्रममा छत्रदेव गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मनि पन्थीले हिंसा हिंसा हो, हिंसा सानो भएपनि ठूलो भएपनि मानवता विरुद्धको ज्यादति हो । यसले द्वन्द्व निम्त्याउँछ र मानव अधिकारको हनन् हुन्छ । जसका कारण परिवार, समुदाय, समाजले अपराधजन्य घटनाका पीडा भोग्नु पर्ने भएको हुँदा कुनै पनि हिंसा, द्वन्द्व र ज्यादतिलाई लुकाउने छिपाउने प्रयास कसैले पनि नगरौं बताउनु भयो ।

उहाँले इन्सेकले पटक पटक उठाउने गरेका मानव अधिकारका सवालहरु स्थानीय तहका नीति कार्यक्रम अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउन पहल ग¥यौ भने मानव अधिकार हनन् र ज्यादतिका घटना कम हुँदै जाने कुरामा जोड दिनु भएको छ ।

छत्रदेव गाउ“पालिका बल्कोट प्रहरी चौकीका प्रमुख तथा प्रहरी बरिष्ठ नायव निरीक्षक शेषनारायण भारतीले समाजमा हुने कुनै पनि किसिमका हिंसा तथा अपराधजन्य गतिविधिलाई रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सूचना, सचेतना तथा ध्यानाकर्षण गराउने कार्यक्रम चलाइरहेको हुन्छ र अनुसन्धान पनि गरिरहेको हुन्छ । अपराध गर्नेलाई कारबाहीको दायरामा ल्याएकै हुन्छ । यसलाई अझ प्रभावकारी बनाउन सरोकारवालाहरुको ध्यान जान आवश्यक भएको बताउनु भएको छ ।
शिक्षक प्रतिनिधि केशवराज खनालले जिल्लामा भएका मानव अधिकार हनन् र ज्यादतिका घटना विवरण सङ्कलन, शिक्षा, स्वास्थ्य, विकास र वातावरणमा देखिएका समस्या उठाएर समाधानका लागि सरोकारवालाहरुलाई सचेत र जिम्मेवारी गराउन प्रयास गरेकोमा इन्सेकलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गर्नु भएको छ । समाजसेवी शंकर पाण्डेले समावेसी गणतन्त्रमा हिंसा, ज्यादतिका घटना नहुनु पर्ने हो किन भइरहन्छन् यस्ता घटनाहरु ? मानव अधिकार राज्यको संवैधानिक व्यवस्था, ऐन कानुन, नीति नियम र कार्यक्रमसँग जोडिएको सवाल हो हामी सरोकारवालाहरुले समाजमा हुने हिंसाजन्य ज्यादतिका घटनाहरु रोकथाम तथा नियन्त्रणका लागि अभियान चलाउन पर्ने कुरामा जोड दिनु भयो ।

छत्रदेव गाउँपालिका– ३ वडाध्यक्ष तेजप्रसाद खनाल, कार्यपालिका सदस्य सुमित्रा भुसाल पन्थले कार्यपालिका सदस्य देवकला ताम्रकार, पत्रकार केशव पन्थी लगायतले आÏना धारणा राख्दै इन्सेकलाई धन्यवाद दिँदै वर्ष पुस्तक सूचना र सन्देसमुलक बनोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।