INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ८ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक बर्दियाका जिल्ला प्रतिनिधिले सन् २०२५ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

Photo 2025-06-21 Bardiya (2)जिल्लामा सन् २०२५ को जनवरीदेखि जुनसम्म ६९ ओटा घटना इन्सेकले अभिलेख गरेको छ । जसमा बलात्कारका आठ, यौन दुव्र्यवहारका पाँच, मानव बेचबिखन तथा ओसारपसारका एक, घरेलु हिंसाका ४१, अभद्र व्यवहारका ११, हत्याका एक र अन्य दुई वटा घटना रहेका छन् ।
कार्यक्रममा भनाइ राख्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले इन्सेकले मानव अधिकार वर्ष पुस्तकका लागि घटना सङ्कलन गर्ने र मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्न लागेको तीन दशक भन्दा बढी भएको बताउनु भयो । साथै उहाँले मानव अधिकार उल्लङ्घनका घटनामा प्रहरी तथा प्रशासन संवेदनशील रहेको बताउनु भयो । उहाँले मानव अधिकार हनन्का घटना हुन नदिन समुदायमा जनचेतना जगाउन जरुरी रहेको बताउनु भयो । उहाँले स्थानीय तह सामाजिक क्षेत्रमा काम गरिरहेका सङ्घसंस्थाले बाहिर आउन नसकेको घटनालाई ल्याउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, न्याय नपाएर अन्यायमा परेका पीडितहरूले न्याय पाउन आफैं पनि बाहिर आउनु पर्छ । त्यसका लागि प्रत्येक इलाका प्रहरी कार्यालयमा महिला बालबालिका शाखा समेत रहेको छ ।

Photo 2025-06-21 Bardiya (1)

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले प्रहरीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा समावेश हुने घटनाको अभिलेख सङ्कलन गर्दा सरोकारवाला निकायसँग छलफल गर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मानव अधिकार उल्लङ्घन लगायतमा अन्य घटनामा हुने अनुसन्धान गर्न प्रहरी गम्भीर र जिम्मेवार रहेको छ ।’ मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन सरोकारवाला निकायले आ–आफ्नो स्थानबाट योगदान गर्न जरुरी रहेका बताउनु भयो ।

जिल्ला अदालत बार एशोसियसन बर्दियाका अध्यक्ष एवम् अधिवक्ता खडानन्द तिवारीले समाजमा अपराध कहिले बढ्ने कहिले घट्ने हुने भएकोले त्यसलाई कम गर्न सचेतता जगाउन जरुरी रहेको छ । समाज हुने घटनाबाट पीडित भएकालाई समाजमा पुनस्र्थापना गर्न कसरी भन्ने एउटा अर्को चुनौती रहेको बताउनु भयो ।

नागरिक समाज सञ्जालका संयोजक हिमा सुनारले बर्दिया अझै पनि कतिपय घटना दबिएर बसेको हुनाले त्यसलाई बाहिर ल्याउन सरोकारवाला निकायले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।

अन्य

भिडियो