INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरिएको घटनाहरुको प्रकाशन पूर्व अर्ध–वार्षिक समीक्षा ०८२ असार ५ गते गुल्मीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधी टोपलाल अर्यालले इन्सेकले जनवरीदेखि जुन २०२५ सम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ४४ वटा घटनाको अभिलेख गरेको बताउनु भयो। जसमा बलात्कार, बलात्कार प्रयास र यौन दुव्यवहारका ६, कुटिपट तथा झैझगडा १४, झैझगडा गरेर मानसिक यातना दिएको १५, खान लगाउन नदिएको ६ र बहुबिबाह दुई रहेका छन् ।

Photo 2025-06-20 Gulmi

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले इन्सेकले पटकपटक मानव अधिकारका विषय उठाएर सरोकारवालालाई नैतिक दबाब दिइरहेको बताउनुभयो । उहाँले बालबालिका संरक्षण, कारागार व्यवस्थापन र बजार लगायतका अनुगमन प्रभावकारी बनाउन नसकिएको बताउँदै इन्सेकका खबरदारीले धेरै कुराको परिवर्तन भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले सडक बालबालिका व्यावस्थापन निकै ठूलो समस्या बनिरहेको बताउँदै प्रहरीले राख्न नमिल्ने र लखेट्न पनि नमिल्ने बताउनुभयो ।

नेपाल बार एशोसियसन गुल्मीका अध्यक्ष गोपाल खनालले प्रहरीकोमा आउने पीडित गरिब तथा विपन्न नागरिकले नि:शुल्क रुपमा पाउनुपर्ने कानुनी सहायता नपाएको प्रति प्रहरी प्रमुखको ध्यानाकर्षण गराउनुभयो । नागरिक समाजका संयोजक पदम प्रसाद पाण्डेले मानव अधिकारका विषय सुनाउने ठाउँ हराउँदै गएको बताउनुभयो । उहाँले सामाजिक चासो भन्दा प्रचारमुखी दलहरु र मानव अधिकारको कार्ययोजना विहीन स्थानीय तहका कारण आम नागरिकले मानव अधिकारको प्रत्याभूति गर्न नसकेको बताउनुभयो । उहाँले सदरमुकामकै विद्यालय र अस्पतालमा भएको बेथितीको बारेमा सरोकारवाला पक्ष एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

अन्य

भिडियो