INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकर २०२५ का लागि संकलन गरिएका घटनाहरुको अद्यावधिक तथा पुनर्पुष्टि गर्नका लागि इन्सेक जिल्ला प्रतिनिधिहरुको जिल्लास्थिति बिभन्न सरोकारवालाहरुको सहभागितामा ०८१ पुस ७ गते वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गनुभएको छ ।

इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक अछामको आयोजनामा ०८१ पुस ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाले एक वर्षमा संकलन गरेका घटनाहरूको सार्वजनिकीकरण र जिल्लाको समग्र मानव अधिकारको अवस्था प्रस्तुत गर्नुभएको थियो । सन् २०२४ जनवरीदेखि डिसिम्बरसम्म  बलात्कार र यौन दुव्र्यवहारबाट सात जना बालिका र बलात्कारबाट नौ जना महिलाहरु पीडित भएको प्रतिवेदनमा उल्लेख छ । अभद्र व्यवहार तथा हातपातबाट १३, बहुविवाहबाट चार, विद्युतिय अपराधबाट दुई र घरेलु हिंसाबाट ४८ घटना पीडित भएका छन् ।

photo20241223achham (1)

जिल्ला समन्वय समिति, अछाका प्रमुख ललितबहादुर कुँवरले मानव अधिकारको प्रत्याभूति, संरक्षण र प्रवद्र्धनका लागि राज्यका हरेक निकाय र व्यक्तिले सक्रिय हुन पर्ने भनाइ राख्नु भयो । उहाँले अधिकारप्रति व्यक्तिलाई सचेत पार्ने, अधिकार प्रत्याभूति र उपभोग गर्ने, कर्तव्य पालना गर्न पर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले राज्यका हरेक निकायले मानव अधिकारको प्रत्याभूतिमा सरकारी निकाय क्रियाशील रहेको भनाइ राख्नुभयो । मानव अधिकार आर्थिक सक्षमता पनि जोडिने भएकोले रोजगारीमूलक काममा संलग्न भएमा अधिकार सुरक्षित हुने बताउनु भयो ।

जिल्ला सरकारी कार्यालय, अछामका न्यायाधिवक्ता हरिसप्रसाद भट्टले मानव अधिकारको रक्षाका लागि हरेक व्यक्तिमा सचेतना जागरुकता र कानुनी ज्ञानसँगै त्यसको उपयोग आवश्यक भएको भनाइ राख्नुभयो । आफ्नो कार्यालयले कानुनी ज्ञानलगायत सचेतनाका काम गरिरहेको भए पनि समाज अझै कानुनी अलमलमा रहेको बताउनु भयो ।

photo20241223achham (2)

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर टेकबहादुर देउवाले पीडितले शुरुमा निकै उत्साहित भएर उजुरी गरेपनि बीचमा होस्टाइल हुने गरेको बताउनु भयो । उहाँले प्रहरीले मानव अधिकारको प्रत्याभूतिलाई प्राथमिकतामा राखेकोले घटनाको अनुसन्धानदेखि अभियोजन, अपराध नियन्त्रणमा मानव अधिकारमैत्री भएर काम गरिरहेको बताउनु भयो ।

अधिवक्ता तथा तुर्माखाँद गाउँपालिकाका पूर्व अध्यक्ष पुष्पराज शर्माले स्थानीय तहलाई समेत अर्धन्यायिक अधिकार दिएको भए पनि त्यसले प्रभावकारी काम गर्न नसकेको बताउनु भयो । न्यायिक समितिको काम, कर्तव्य, अधिकार र त्यसको प्रभावकारिताका लागि इन्सेकले पनि सहजिकरण गर्न आवश्यक देखिएको उहाँले बताउनु भयो ।

इन्सेक प्रतिनिधि नरी बडुका अनुसार अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक), बैतडीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८१ पुष ७ गते सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, बैतडीको सभाहलमा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि नरी बडुले जिल्लामा सन् २०२४ जनवरीदेखि डिसिम्बरसम्म अभिलेख गरेका घटनाहरु र जिल्लाको आर्थिक, समाजिक तथा सास्कृतिक अधिकारको अवस्था सार्वजनिक गर्नुभएको थियो ।

photo20241223baitadi (1)

जिल्लामा यस वर्ष बलात्कार र बलात्कार प्रयासका घटनाबाट १० बालिका र १० महिला पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । यसैगरी वातावरणको अधिकारका बारेमा समेत स्थानीय तह र सरकार जिम्मेवार नभएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले इन्सेकले यस पटक वातावरणको अधिकारका बारेमा उठाएको मुद्दा जायज भएको बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसन, बैतडीका अध्यक्ष हरिदत्त भट्टले इन्सेकको प्रतिवेदन यसपटक आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका विषयमा केन्द्रत भएको देख्दा खुसि लागेको बताउनु भयो ।

photo20241223baitadi (2)

जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी मकेन्द्र मिश्रले अदालत तथा प्रहरीले गरेका सकारात्मक काम तथा सचेतना अभियानका बारेमा समेत वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रशासन, अदालत, सरकारी वकील कार्यालय, अस्पताल, स्वास्थ्य, शिक्षा, कारागार कार्यालयका प्रमुख एवं प्रतिनिधि, अधिकारकर्मी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 

 

 

 

 

 

 

 

अन्य

भिडियो