INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ७ गते खाँदवारीमा सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सङ्खुवासभाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५४ ओटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । २१ महिने बालिका बलात्कार घटनामा पीडित भएको इन्सेकले जनाएको छ ।

इन्सेकले जिल्लामा सन् २०२४ जनवरीदेखि डिसेम्वर २० सम्मको अवधिमा अभिलेखीकरण गरेका  ५४ ओटा घटनामा ५५ जना पीडित भएका छन् ।

अघिल्ला वर्षहरूमा झै जिल्लामा हत्या, बलात्कार, कुटपिट जस्ता घटनाले निरन्तरता पाएको छ ।  ९ जना बालिकासहित १२ जना बलात्कार घटनामा पीडित, घरेलु हिंसाका ३२, हत्याका चार ओटा, आत्महत्या दुरूत्सान एक र कारागारमा मृत्यु भएको इन्सेकले उल्लेख गरेको छ ।

गत वर्ष सोही अवधिमा ५० ओटा घटनामा ५१ जना मानवअधिकार उलङ्घनका घटना भएका थिए । पछिल्लो समय २१ महिने बालिका देखि  शारिरिक अपाङ्गता भएका महिला बलात्कृत हुनु तथा  मानव अधिकार हननका घटना बढ्दै गएको भन्दै इन्सेकले चिन्ता व्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले समय सन्दर्भ ऐन कानुनी परिर्वतन हुनु पर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले मानव जन्मिए लगत्तै आफ्नो अधिकार लिएर आउने भएको हुदाँ आफ्नो अधिकार लिदाँ अर्कोको मानव अधिकार हनन् गर्न नुहने बताउनुभयो ।

मानव अधिकार उलङ्घनका घटना कमी ल्याउन स्थानीय सरकार सरोकारवाला निकाय सबैको उल्लेखनीय भूमिका महत्वपूर्ण रहने समन्वय प्रमुख शाक्यले बताउनुभयो ।

मानव अधिकार उलङ्घनका घटनामा कमी ल्याउन राज्य तथा सरोकारवाला गम्भीर भएर सबै पक्ष लाग्नु पर्ने खाँदबारी नगरपालिका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले बताउनुयो ।

मानव अधिकार उलङ्घन तथा घरेलु हिंसा रोक्न खाँदबारी नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको उपमेयर श्रेष्ठले बताउनुभयो । इन्सेकको प्रतिवेदनले जिल्ला भित्र भएका समग्र घटनाको चित्रण गरेको साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताउनुभयो ।

मानव अधिकार भित्र घरभित्र घट्ने घटना तथा घरेलु हिंसा बाट पीडित भएका बालबालिकाको संरक्षण,राहत क्षतिपूर्तिको विषयमा समेत समेटिनु जरुरी भएको साहयक प्रजिअ घिमिरेले बताउनुभयो । कतिपय हिंसा बाट तेस्रो पक्ष पीडित हुने गरेको उहाँको भनाइ छ । कानुनले वर्जित गरेका घटना हुनु नै मानव अधिकार उलङ्घन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख रामकुमार लामिछानेले बताउनुभयो । स्थानीय तहको न्यायीक समितीमा छलफल तथा उजुरी हुनु पर्ने भएपनि पीडितहरु उजुरीका लागि प्रहरी कार्यालयनै आउने गरेको उहाँको भनाइ छ ।

समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ सङ्खुवासभाका अध्यक्ष कृष्णराज शाक्यले विगतको तुलनामा पछिल्लो समय समाजिक सञ्जालका कारण पनि मानव अधिकार उलङ्घन तथा  हिंसाका घटना बाहिरिने गरेको बताउनुभयो ।

शारिरीक तथा मानसिक रूपमा तन्दुरुस्त रहने अधिकार नै मानव अधिकार भएको अध्यक्ष शाक्यले बताउनुभयो । इन्सेकले आगामी दिनमा सरोकारवाला निकायको सुझावलाई समेटेर लैजानु पर्ने शाक्यले बताउनुभयो । मानव अधिकार अन्तराष्ट्रिय मापदण्ड अनुसार भन्दा पनि नेपालकै परिवेश अनुसारको ब्याख्या र माननव अधिकार हुनु पर्ने कार्यक्रमका सहभागीको भनाइ थियो ।

इन्सेकले सामाजिक,आर्थिक अधिकार पनि समावेश गर्नु पर्ने धारणा ब्यक्त गरे ।  पछिल्लो समय राज्यले नै मानव अधिकार रक्षा गर्न नसकेको भन्दै प्रभावकारी कार्यक्रम बनाउन समेत सरोकारवालाहरुले सुझाव दिएका थिए ।

Photo 20241222 sangkhuwasabha (1)

  Photo 20241222 sangkhuwasabha (3)

Photo 20241222 sangkhuwasabha (4)

Photo 20241222 sangkhuwasabha (5)

अन्य

भिडियो