INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस ७ गते सम्पन्न भएको छ । समीक्षामा जिल्लामा एक वर्षको अवधिमा इन्सेकले अभिलेख गरेको ३४ ओटा घटना सार्वजनिक गरिएको थियो ।

बाल अधिकार अन्तर्गत बलत्कार र यौन दुर्व्यवहारका १७ ओटा, महिला अधिकार अन्तर्गत बलत्कार र यौन दुर्व्यवहारका सात ओटा लगायतका घटना प्रस्तुत गरिएको थियो ।

photo20241222gorkha (1)

समीक्षा कार्यक्रमका सहभागीहरुले हिंसाका घटनाहरु न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रममा पनि जोड गर्नुपर्ने बताएका थिए । ‘वर्ष पुस्तक दस्तावेज बन्यो । घटना न्यूनिकरणका लागि केही कार्यक्रम गर्नुपर्‍यो ।’-एम्नेष्टि इन्टरनेशनल समूह ७६ का रमेश अधिकारीले भन्नु भयो-‘के कति घटना समेटिएका छन् भन्दा पनि त्यसको न्यूनिकरणमा के गर्न सकिन्छ ? चिन्तन् मनन् गरौँ ।’

photo20241222gorkha (2)

वर्ष पुस्तकले घटना अभेलेखिकरणमा महत्वपुर्ण भुमिका खेलेको पनि कार्यक्रमका सहभागीले बताएका थिए । नागरिक तथा राजनीतिक अधिकारसँगै सामाजिक र सांस्कृतिक अधिकारका विषयवस्तुलाई पनि पुस्तकले महत्वका साथ स्थान दिनुपर्ने सहभागीको भनाइ छ ।

photo20241222gorkha (3)

अन्य

भिडियो