INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न पश्चिम नवलपरासीमा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगरपालिका र सरावल गाउँपालिकाका प्रमुखहरूको विशेष आतिथ्यता रहेको थियो ।

Photo22122024West Nawalparasi.

प्रमुख अतिथि यादवले जिल्लामा घटेका घटनाहरुको यसरी नै सरोकारवालाहरूसँग छलफल र रुजु गराई मिडिया र वर्ष पुस्तकमा प्रकाशन गर्नु राम्रो अभ्यास रहेको र अरुले पनि यसै गर्नुपर्नेमा सुझाव दिनुभयो । अधिवक्ता सरस्वती शर्माले कानुनी प्रक्रियामा गएका मुद्दाहरूको पछिल्लो अवस्थाहरूको बारे उल्लेख गर्नुभएको थियो । विशेष अतिथि बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भु श्रेष्ठले कुनै पूर्वाग्रह बिना घटना सङ्कलन गरिनुपर्ने र घटनालाई सत्यतथ्यमा आधारित रही प्रकाशन गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा जिल्लामा सङ्कलित भएका १ सय ५० ओटा घटनाहरूको इन्सेक जिल्ला प्रतिनिधिबाट प्रस्तुत भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य राधेश्याम पाठक, माओवादी केन्द्रका हरी भण्डारी, लोकतान्त्रिक समाजवादीका पार्टीका केन्द्रीय सदस्य पुरन चौधरी, भ्रष्टचार विरुद्ध निगरानी समितिका अध्यक्ष रामजी ज्ञवाली, अधिवक्ता सरस्वती शर्मा, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रकाश उपाध्याय, सरावल गाउँपालिकाका अध्यक्ष सुखारी प्रसाद चौधरीको सहभागीता रहेको थियो । सुरक्षा निकायका प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधि लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । त्यस्तै, नागरिक समाजका अध्यक्ष, उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष, जिल्ला पत्रकार महासघंका अध्यक्षको कार्यक्रममा सहभागिता थियो ।

Photo22122024West Nawalparasi

अन्य

भिडियो