INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा” कार्यक्रम मङ्सिर ३० गते सम्पन्न गरिएको छ ।

सन् २०२४ को जनवरी १ देखि डिसेम्बर १५ सम्म  जिल्लामा इन्सेकले अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो ।

जिल्लामा सन् २०२४ मा ४२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण भएको जानकारी सरोकारवालालाई दिइएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा सबै भन्दा बढी घरेलु हिंसा अभिलेखीकरण गरिएको तथ्याङ्क सार्वजनिक गर्नु भएको छ ।

इन्सेकको तथ्याङ्क अनुसार महिलाविरूद्ध हुने भेदभाव, दुर्व्यवहार, बलात्कार, बलात्कारको प्रयास र यौनदुव्र्यवहारका घटना आठ ओटा, हत्या तथा कुटपिटका घटना चार  ओटा, नवजात शिशुको हत्या दुई ओटा, कुटपिटका घटना दुई र  घरेलु हिंसाका २२ ओटा घटना अभिलेखीकरण गरिएको इन्सेकले जनाएको छ ।

समीक्षाका क्रममा जिल्लामा महिलामाथि हुने घरेलु हिंसाका घटना वृद्धि भएको पाइएको छ ।

समीक्षा कार्यक्रममा कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारीले घटना किन भइरहेका छन् ? घटना न्यूनीकरणका लागि कसको भूमिका कस्तो हुनुपर्छ भनेर काम गर्न इन्सेकलाई सुझाव दिनु भयो ।

पत्रकार महासङघ सोलुखुम्बु, शाखाका उपाध्यक्ष गार्डेन राईले पत्रकार, इन्सेक र सरकारी निकाय सबैको पहलमा मानव अधिकार हननका घटनालाई न्यूनीकरण गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा बोल्ने अधिकांशले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कार्यको उच्च प्रशंसा गरेका छन् ।

मानव अधिकार उल्लङ्घनाका घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको अधिकारकर्मीले बताएका छन् ।

photo 20241215 solukhumbhu (1)

photo 20241215 solukhumbhu (2)

photo 20241215 solukhumbhu (3)

अन्य

भिडियो