INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर ९ गते सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा ११ महिनामा भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको  हो ।Photo 20241123 Bhojpur (1)

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२४ को जनवरीदेखि नोभेम्वरसम्म जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० ओटा घटना अभिलेख गरेको जानकारी दिनुभयो । जसमा घरेलु हिंसाका ५७, महिला, बालिका बलात्कार तथा यौन दुव्र्यवहारका नाै, हत्याका दुई, हत्या प्रयासका एक र बहुविवाहका एक ओटा घटना रहेका छन् ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले मानव अधिकार तथा महिला, बालबालिकामाथिका घटनाहरू न्यूनीकरणका लागि सबैको साझा अभियान आवश्यक रहेको बताउनु भयो । उहाँले महिला र बालबालिका घरपरिवारबाटै असुरक्षित रहुञ्जेल माहिला तथा बाल अधिकारको रक्षाका लागि चुनौती हुने बताउनु भयो ।Photo 20241123 Bhojpur (2)
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरबहादुर थापाले समाजमा अझै पनि विभिन्न खालका हिंसा हुने गरेकोले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी युवराज तिम्लिसिनाले प्रहरीले समाजमा हुने अपराधिक घटना न्यूनीकरणमा भूमिका खेलिरहेको बताउनु भयो । उहाँले समाजमा मानव अधिकारका विषयमा केही चेतना आएको भएपनि महिला र बालबालिकामाथि हुने हिंसामा कमी नआएको बताउनु भयो ।
मानव अधिकार रक्षक सञ्जाल भोजपुरकी सदस्य दिपा शर्माले पछिल्लो समयमा विभिन्न क्षेत्रबाट मानव अधिकार हनन हुन नदिन भइरहेका प्रयासले समाजमा केही सकारात्मक भावनाको विकास भएको बताउनु भयो । समीक्षा कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।

अन्य

भिडियो