INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५  बागलुङमा का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम असार २१ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’ले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाका विषयमा र सन्धी सम्झौता गर्न, संविधान निर्माण र कानुन निर्माणमा निकै अगाडि रहेपनि कार्यान्वयनमा कमजोर रहेको बताउनु भएको थियो ।

देशको संविधान र कानुनको विषयमा जनतानै जागरुक नरहेको भन्दै उहाँले लिखित दस्तावेजलाई कार्यान्वयनमा लैजान नसक्दा पनि अधिकार प्रभावित हुने बताउनु भयो । बागलुङका १० ओटै स्थानीय तहमा स्थानीय सरकार र सरोकारवाला एकसाथ भएर जागरण फैलाउन लाग्नु पर्ने उहाँले बताउनु भएको थियो । उहाँले परम्परागत अपराधका विषयमा अध्ययन अनुसन्धान भएपनि पछिल्लो समय बढ्न थालेका आधुनिक अपराध समाजका लागि जोखिमको रुपमा रहेको बताउनु भयो ।

photo1081322baglung

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी ऋषिराम कंडेल, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, मानव अधिकार संगठन बागलुङका अध्यक्ष लक्ष्मी जिसी कार्की, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिुसी (अञ्जु) गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, पत्रकार प्रकाश बराल, किरण आचार्य लगाएतले बोल्नु भएको थियो ।

उहाँहरुले पछिल्लो समय बढ्दो वायु प्रदुषण, ध्वनी प्रदुषण, पीउने पानी, जिल्लाको स्वास्थ्य, शिक्षाका विषयमा सम्वेदनशिल बन्नुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा बागलुङ जिल्लामा सन् २०२४ जनवरी देखि जुनसम्म बागलुङ जिल्लामा घटेका २३ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथी छलफल गरिएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधी सिर्जना पन्तले पछिल्लो ६ महिनामा घटेका आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारका एक, हत्या प्रयासको एक, आत्महत्या दुरुत्साहन एक, बाल अधिकार अन्तरगत बाल यौन दुव्र्यवहार दुई,  बाल विवाहकाको एक, महिला अधिकार तर्फ घरेलु हिंसाका १२, बलात्कारको एक, बहुविवाहका दुई ओटा घटना प्रस्तुत गर्नु भएको थियो ।

photo2081322baglung

अन्य

भिडियो