INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा कार्यक्रम  असार १९ गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लद्वारा सन् २०२४ को जनवरी देखि जुन सम्म पहिलो अर्धवार्षिकमा सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित १५ ओटा घटना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रस्तुत घटनाहरूमा  महिला अधिकारसँग सम्बन्धित आठ, जातीय विभेद एक,  कुटपिट एक, आर्थिक तथा अधिकार पाँच ओटा गरी १५ ओटा घटना रहेका छन् ।

कार्यक्रममा प्रमुख  जिल्ला अधिकारी गणेश नेपालीले इन्सेकद्वारा प्रकाशन हुने मानव अधिकार वर्ष पुस्तकले पीडितले न्याय पाउन मद्दत पुगेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर पोषण थापाले मानव अधिकार घटना तथ्यपरक हुनु पर्ने बताउनुभयो ।

नेपाल बार एसोसियसन कालिकोटका अध्यक्ष अमलराज शाही,नेपाल पत्रकार महासंघका सचिव खडानन्द अधिकारी,दलित अधिकारकर्मी रमेश नेपाली लगाएतले महिला हिंसा जातीय विभेद,यौन दुव्यवाहरका घटनाहरुमा आर्थिक प्रलोभन,राजनीति प्रभावले होस्टाइले हुने गरेकाले यस प्रति नागरिक समाजको ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा खाँडाचक्र नगरपािलका न्यायिक समिति सदस्य विरेन्द्र चौलागाँइले स्थानीय न्यायिक समितिमा आउने घटनाहरु पनि इन्सेकले मानव अधिकार वर्ष पुस्तकमा समेटन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधि,नागरिक समाज, महिला अधिकारकर्मी र पत्रकारको उपस्थिति रहेको थियो ।

Photo20240704Kalikot (1)

Photo20240704Kalikot (2)

Photo20240704Kalikot (3)

 

अन्य

भिडियो