इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व समीक्षा मङ्सिर ३ गते तम्घासमा सम्पन्न गरिएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि टोपलाल अर्यालले जिल्लामा सन् २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरेका बलात्कारका १२, बलात्कार प्रयासका दुई, हत्याको एक, बाल अधिकारका दुई, घरेलु हिंसाका ४० ओटा घटनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मानव अधिकार सरकार र समुदायको साखको विषय भएकाले यसको संरक्षणका लागि सबै पक्षको उत्तिकै महत्वपूर्ण भुमिका हुने बताए । उनले इन्सेकले स्थानीय सरकारको कार्ययोजनामा मानव अधिकारको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पहरेदारी गर्नुपर्नेमा जोड दिए ।
रेसुङ्गा नगरपालिकाका उपप्रमुख सिता भण्डारीले सत्यतथ्य घटनाको विश्लेषण गर्दै स्थानीय सरकार र जनप्रनिधिलाई सजग बनाउने बाटोमा वर्ष पुस्तकले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
टोपलाल अर्याल