INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को  अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते सम्पन्न गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको  हो ।

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२४ को प्रथम ६ महिनामा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४० ओटा घटना अभिलेख गरेको जानकारी दिनुभयो ।

जिल्लामा ६ महिनाको अवधिमा मानव अधिकार उल्लङघन तथा ज्यादतीका ४० ओटा घटना अभिलेख गरिएको छ । घरेलु हिंसाका ३२, महिला तथा बालिका बलात्कारका आठ ओटा घटना रहेका छन् ।

समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले समाजमा अझै पनि विभिन्न खालका हिंसा हुने गरेकोले यसतर्फ  ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

भोजपुर नगरपालिका उपमेयर निर्मला शेर्पाले महिला तथा बालबालिकामाथिका घटनाहरू न्यूनीकरणका लागि सबैको साझा अभियान आवश्यक रहेको बताउनु भयो । उहाँले महिला र बालबालिका घरपरिवारबाटै असुरक्षित रहुनञ्जेल माहिला तथा बाल अधिकारको रक्षाका लागि चुनौती हुने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इस्पेक्टर विशाल लिम्वुले प्रहरीले समाजमा हुने अपराधिक घटना न्यूनीकरणमा भूमिका खेलीरहेको बताउनु भयो । उहाँले समाजमा मानव अधिकारका विषयमा केही चेतना आएको भएपनि महिला र बालबालिकामाथि हुने हिंसामा कमी नआएको बताउनु भयो ।

मानव अधिकार रक्षक सञ्जाल भोजपुरकी अध्यक्ष लीलामाया तामाङले पछिल्लो समयमा विभिन्न क्षेत्रबाट मानवअधिकार हनन् हुन नदिन भइरहेका प्रयासले समाजमा केही सकारात्मक भावनाको विकास भएको बताउनु भयो । समीक्षा कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Photo 20240627 Bhojapur (1)

Photo 20240627 Bhojapur (2)

Photo 20240627 Bhojapur (3)

अन्य

भिडियो