INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुको आयोजनामा “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक पूर्व समीक्षा” कार्यक्रम असार ८ गते सम्पन्न गरिएको छ । सन् २०२४ को जनवरी १ देखि जुन १ सम्म जिल्लामा इन्सेकले अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना माथि समीक्षा गरिएको हो ।

जिल्लामा सन् २०२४ को पहिलो पाँच महिनाको अवधिमा २५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण भएको जानकारी सरोकारवालालाई दिइएको छ । समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि अञ्जु कार्कीले जिल्लामा सबै भन्दा बढी घरेलु हिंसा अभिलेखीकरण गरिएको तथ्याङ्क सार्वजनिक गर्नु भएको छ ।

इन्सेकको तथ्याङ्क अनुसार महिलाविरूद्ध हुने भेदभाव, दुव्र्यवहार, बलात्कार, बलात्कारको प्रयास र यौनदुव्र्यवहारका घटना तीन ओटा, हत्या तथा कुटपिटका घटना पाँच ओटा, हत्याका घटना दुई ओटा, नवजात शिशुको हत्या दुई ओटा, कुटपिटका घटना दुई ओटा र  घरेलु हिंसाका १७ वटा घटना अभिलेखीकरण गरिएको इन्सेकले जनाएको छ ।

समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सहसचिव अमृत राई, नेपाल मानव अधिकार सङ्गठन सोलुखुम्बुका प्रतिनिधि केश ढुङ्गानालगायत सरोकारवालाहरूको उपस्थिती थियो ।

b097c93f-0ab4-42a1-bd86-4d48137a266b

ff05d921-2fcb-4194-9e8e-1263aef6737b

 

 

अन्य

भिडियो