INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको समीक्षा मङ्सिर ३ गते कुश्मामा गरेको छ ।

Photo20181120Parvat (1)

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम आचार्यले मानव अधिकार संरक्षण तथा सम्बर्द्धनमा आफू दृढ रहेको बताउँदै पर्वत जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई न्यूनीकरण गर्न आफू सदैव लागिपर्ने प्रतिबद्धता जनाए ।

उनले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक न्यायिक तथा अर्धन्यायिक क्षेत्रहरूका लागि मानव अधिकार घटना सर्वेक्षणमा प्रभावकारी बन्दै आएको बताउँदै शिक्षा, खानेपानी, स्वास्थ्य, खाद्यान्नलगायतका क्षेत्रमा हुने मानव अधिकार हनन्का घटनाहरूलाई पनि जोड दिन सुझाव दिए ।

Photo20181120Parvat (2)

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजन रायमाझीले जुनसुकै घटनामा पनि सुक्ष्म तवरबाट प्रमाणरूपी अनुसन्धान गरेर घटनाको छानविन गर्ने बताए ।

उनले कानुन सबैका लागि समान रहेको बताउँदै जो कोहीले कानुनको उल्लङ्घन गरेपनि कारबाही भोग्नुपर्ने धारणा राखे ।

पर्वत जिल्ला अदालतका श्रेष्तेदार दयाराम पोख्रेलले पर्वतमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बलात्कारका घटनाहरु बढेको बताउँदै त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सचेत वर्गहरूले आआफ्नो भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

इनसेक जिल्ला प्रतिनिधि सन्तोष थापाले सन् २०१८ जनवरीदेखि हालसम्म गरी जिल्लामा अभिलेख गरिएका विभिन्न ३१ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए ।

जसमध्ये घरेलु हिंसाका १३ ओटा, बलात्कारका ११ ओटा, बलात्कार प्रयासको एउटा, हत्याका तीन, भौतिक सम्पति क्षति, कुटपिट र गैरकानुनी गिरफ्तारीका एक/एक घटना रहेका छन् ।

सन्तोष थापा

अन्य

भिडियो