INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ४ गते सम्पन्न भएको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा मुस्ताङ्गमा भएको मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय मुस्ताङ्गकी पब्लिक हेल्थ नर्सिङ निरीक्षक कल्पना गुरुङ्गले अहिले सम्म पनि ग्रामिण भेकमा गर्भवती हुँदा स्वास्थ्य जाँच गराउन सम्म पनि नजाने समस्या रहेको बताउनु भयो । उहाँले भन्नुुभयो–‘कतिपय महिलाहरुलाई सहजीकरण गरेर गर्भ जाँच गर्नुका साथै स्वास्थ्य संस्थामा सुत्केरी गराउन ल्याएको भए पनि कतिपय महिलाहरु स्वास्थ्य संस्थामा नआउँदा उहाँहरुकै घरमा पुुगेर पनि स्वास्थ्य सेवा दिएको छ ।’ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सँग समन्वय गरेर पनि महिलालाई स्वास्थ्य सेवा दिन प्रयास गरीएको भए पनि त्यसबाट समेन नहुने अवस्था आएमा मुखिया सँग समेत समन्वय गरेर अगाडि बढिएको उहाँले बताउनुुभयो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले मानिसको जन्मसिद्ध अधिकारबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभयो । उहाँले भन्नुुभयो–‘मानिस भएर जन्मेको आधारमा पाउनुपर्ने अधिकार र सुविधाबाट कोही पनि वञ्चित हुन हुदैन ।’ चिसोको कारणले मुस्ताङको माथिल्लो भेकबाट अधिकांश मानिस बेसी झरेको भए पनि कतिपयले आफू्मात्रै नभएर अरुको समेत घर कुुरेर बसेको तर्फ इंगीत गर्दै भन्नुुभयो–‘जस्तै चिसो भए पनि आफ्नो अवस्था र अन्य कारणले पनि कठ्याङ्ग्रीने चीसोमा पनि घर कुरुवा भएर बस्न बाध्य छन् ।’ कतिपय जनताहरुले हवाइ सेवा प्रयोग गरेर वा चार्टर गरेरै भए पनि अन्यत्र जान सक्ने अवस्थाको हुन सक्लान् तर धेरै जनताहरुले सामान्य सेवा पनि पाउन नसकेको प्रसंग इन्सेक जस्ता अधिकारको क्षेत्रमा रहेका संस्थाहरुले अभिलेख गर्नु पर्ने उहाँको धारणा थियो ।

जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रहरी नायव उपरीक्षक(डिएसपी) भोजराज पाण्डेले जिल्लामा अन्यत्रको तुलनामा घटनाहरुको संख्या कम भएको भए पनि विगतको तुलनामा बढेको बताउनुुभयो । सन २०२३ मा महिला तथा बालबालिकासम्बन्धी ६ वटा घरेलु हिंसा तथा एउटा बलात्कार जन्य कसुरको मुद्दा अगाडि बढेको उहाँको भनाई थियो ।

घरपझोङ गाउँपालिकाका प्रमुुख प्रशासकिय अधिकृत बेदहरी अधिकारीले राज्यले यस वर्ष देखि हिमाली जिल्लाहरुको शैक्षिक क्यालेण्डर देशैभरको जस्तै एकै बनाउन थाल्दा हिमाली जिल्लाका विद्यार्थी मर्कामा परेको बताउनुुभयो । अहिलेको अवस्थामा बालमैत्री शिक्षा हुन पर्ने भए पनि शैक्षिक क्यालेण्डर एक्कासी फेरीदा विद्यार्थी मर्कामा परेको उहाँको धारणा थियो । हिमाली जिल्ला मुस्ताङमा हिंसा पीडितहरु सामान्यतया राज्यको निकाय सम्म नपुुगेको हो कि भन्ने तर्फ पनि सचेत हुन पर्ने उहाँले बताउनुुभयो ।

कार्यक्रममा सेनानी अनिश रिजाल, जिल्ला अस्पताल मुस्ताङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.तेजस नेपाल, पत्रकार सुनदेवी रसाइली लगायतले बोल्नुुभएको थियो ।

IMG_20231220_121035

IMG_20231220_115451

IMG_20231220_115524

अन्य

भिडियो