नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको वार्षिक पूर्व समीक्षा ०८० पुस ४ गते जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न भएको छ ।
सन् २०२३ जनवरीदेखि संकलन गरिएका घट्नाहरुको सरोकारवाला पक्षहरुबाट पुष्टि तथा पुर्नपुष्टि गर्नका लागि समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले एक वर्षको अवधिमा ६१ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरु भएका र सबै भन्दै बढी महिलाहरु पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख बडूले मानव अधिकार संरक्षण सबैको दायित्व भएको र इन्सेकले निरन्तर रुपमा मानव अधिकारका विषयवस्तुलाई प्रभावकारी ढंगले उठान गर्दै आइरहेको बताउनु भयो ।
सामाजिक तथा आर्थिक सवालहरु महत्वपूर्ण रहेकाले इन्सेकले दुरदुराजमा भइरहेको मानव अधिकार उल्लङ्घनका घटनाहरुलाई अभिलेख गर्नु पर्ने सुझाव दिनु भयो ।
मालिकार्जुन गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक कल्यानसिह धामीले मुक्त हलियाका समस्या यथावत रहेका र पहिरोपीडितले हालसम्म पनि क्षतिपूर्ति पाउन नसकेको अवस्था भएकोले यी सवालहरुलाई पनि इन्सेकले अभिलेख गर्न अवाश्यक भएको बताउनु भयो ।