INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगर र बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा ०८० पुस १ गते नेपाल मावन अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि लिली कुँवरका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८० पुस १ गते जिल्ला सरमुकाम महेन्द्रनगरमा सम्पन्न भएको छ

सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका ३ सय २ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुमा छलफल गरी सरोकारवाला पक्षहरुको सुझाव संकलन गर्ने र घटनाको पुनर्पुष्टि गर्ने उद्धेश्यले समीक्षा कार्यक्रमको आयोजना गरिएको हो ।

इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि लिली कुँवरले सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका ३ सय २ ओटा घटना मध्ये एक ओटा परिवारजनबाट हत्या, सात ओटा बलात्कार प्रयास, दुई ओटा बेचबिखन तथा ओसारपसार, १८ ओटा बलात्कार, चार ओटा कुटपिटका र २ सय ७० ओटा घरेलु  हिंसाका घटनाहरु भएको प्रस्तुती गर्नुभएको थियो ।

सामुदायिक प्रहरी सेवाका सह–सचिव भुवन कुवँर केसीले मानव अधिकारका घटनाहरु दिनप्रतिदिन बढिरहेकोेमा चिन्ता ब्यक्त गर्दै स्थानीय सरकारले जनचेतनामुलक कायक्रममा जोड दिनु पर्ने बताउनु भयो ।

photo20231218kanchanpur (2)

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको स्वरुपहरु बदलिदै गइरहेकोले इन्सेकले चनाखो भएर अभिलेखिकरण र प्रसार गर्न आवश्यक भएको उहाँले बताउनु भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, कञ्चनपुरका इन्स्पेक्टर विनु शाहीले नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने केही घटनाहरु अपराधिक प्रकृतिका भएकाले अपराध नियन्त्रण तथा रोकथामका लागि समेत आफूहरुलाई सहज हुने गरेको र प्रहरी मानव अधिकारका घटनाहरुमा संवेदनशील हुदैं नागरिक समाज तथा संघसस्थाहरुसँग समन्वय र सहकार्य गर्दै काम गरिरहेको बताउनु भयो ।

गैरसरकारी संस्था महासंघ, कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराले रोजगारीको अभावमा यूवाहरु विदेश पलायन हुने कारणले पनि हिंसाका घटनाहरुमा बृद्धि भइरहेकोले सरोकारवाला निकायले मानव अधिकार संरक्षणका लागि सहकार्य र समन्वय गर्न आवश्यक भएको बताउनु भयो ।

उच्च अदालत, कञ्चनपुरका अधिवक्ता तथा उच्च अदालत बार एशोसियेसनका पूर्व अध्यक्ष उद्धवराज भट्टले मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाहरू इन्सेकले सङ्कलन गर्दै आएकोमा इन्सेकलाई धन्यवाद दिदै विवाह गर्ने उमेर कानुनले २० वर्ष तोकिएको भए पनि सानो उमेरमै विवाह गर्ने परिपार्टीले महिलाहरु थप हिंसामा पर्ने गरेकोे बताउनु भयो ।

महिलामाथि हुने हिंसाका घटनाहरु बढ्दो क्रममा देखिएकोले महिला हिंसा अन्त्यका लागि सरोकारवाला पक्षहरुले सयुक्त रुपमा अभियान सञ्चालन गर्नु पर्ने उहाँले बताउनु भयो ।

मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष भगवती थापाले ग्रामिण भेगमा भएका मानव अधिकार उल्लङ्घनका घटना बाहिर नआउने भएकोले त्यसतर्फ पनि ध्यान पु¥याउनु पर्ने सझाव दिनु भयो । अल्पकालिन सेवा केन्द्रका संयोजक मञ्जु केसीले भागिविवाहलाई जबरजस्तीकरणीमा परिणत गरिने, घरपरिवारको सहमती भए पनि प्रहरीको डरले मुद्दा दर्ता गर्नु पर्ने कारण हिंसा बढिरहेको बताउनु भयो ।

photo20231218kanchanpur (1)

पत्रकार महासंघ, कञ्चनपुरका अध्यक्ष माधव धामीले नशालु पदार्थको सेवन, साइबर अपराध, पारिवारिक कुसंस्कार तथा आमाबाबुको लापरबाहीका कारण पनि बालिकाहरुले हिंसा भोग्नु परेकोले न्यूनीकरण गर्न सयुक्त प्रयास आवश्यक भएको बताउनु भयो ।

भिमदत्त नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कुन्ती लेखकले  कानुनको फितलो कार्यान्वयन, जवाफदेहिताको अभाव र नागरिक कर्तब्यको अभावमा मानव अधिकारको संरक्षण हुन नसकेको बताउनु भयो ।

सामाजिक विकास मन्त्रालय विज्ञ मेनुका बस्नेत विष्टले मानव अधिकार तथा ज्यादतीका यति धेरै घटना हुनु दुःखद भएको बताउँदै  यसको कारण खोजी गरी न्यूनीकरणका लागि तीनै तहका सरकार जवाफदेही हुनु पर्ने, सरोकारवाला पक्षले प्रचलित कानुन बारे सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

जिल्ला कारागारका खरिदार शिव शंकर पाण्डेले इन्सेकले सङ्कलन गरेका घटना यथार्थ तथा तथ्यपरक रहेका र आगामी दिनमा इन्सेकले कानुनी सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनु पर्ने सुझाव दिनु भयो ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको पूर्व समीक्षा कार्यक्रम ०८० पुस १ गते सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ ।

इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले सन् २०२३ जनवरीदेखि २०२३ डिसेम्वरसम्म सङ्कलन गरिएका घरेलु हिंसा, लैङ्गिक हिंसा, बलात्कार, बलात्कारको प्रायस, बुहविवाह, जातीय विभेद गरी ६४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु प्रस्तुत गर्नु भएको थियो ।

सहयाक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमिल्सेनाले नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकार उल्लङ्घनका घटनाहरुको दस्तावेज भएको बताउनु भयो । राज्यले  मानव अधिकारका अन्तराष्ट्रिय सन्धिहरुमा हस्ताक्षर गरेको भए पनि मानव अधिकारका सवालहरुमा ध्यान दिन नसकेको अवस्थामा वर्ष पुस्तकले राज्यलाई घच्घच्याउने कार्य गर्दै गर्दै आएको बताउनु भयो ।

photo20231218bajura

इन्सेकले मानब अधिकार क्षेत्रको सवालमा गरेको वकालतले पीडितहरुको न्यायमा सहज वातावरण निर्माण गर्न भूमीका रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका सूचना अधिकारी किशोरसिंह अयडीले बताउनु भयो । जिल्लामा प्रहरी र इन्सेकको सहकार्यले दुरदराजबाट बाहिर आउन नसकेका घटनाहरु बाहिर आउन सहयोग पुगेको उहाँले बताउनु भयो ।

गैर सरकारी संस्था महासघका अध्यक्ष कृष्ण अधिकारीले इन्सेकले दुर्गम गाउँमा शिक्षा, स्वास्थ्य लगायतका सवालमा अध्ययन गरी वर्ष पुस्तकका समावेश गर्न सुझाव दिनु भयो । नेपाल पत्रकार महासघ, बाजुराका पूर्व अध्यक्ष मदनराज जैशीले हिंसा पीडित महिलाहरुलाई कानुनी प्रक्रियामा ल्याउन सरोकारवालाहरुले उजुरी प्रक्रियामा सहयोग र सहजिकरण गर्नु पर्ने बताउनु भयो ।

अन्य

भिडियो