INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर २९ गते कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२३ मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका ३ सय ५४ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत घटनाहरूमा बाल अधिकार अन्तरगत बलात्कारका १८ वटा,  यौन दुर्व्यवहारका ६ वटा , महिला अधिकार अन्तरगत बलात्कार आठ वटा , बलात्कार प्रयास पाँच वटा, , मानव बेचविखन तथा ओसारपसारका दुई वटा, परिवारजनबाट हत्या सात वटा, प्रहरी हिरासतमा मृत्यु एक , अपहरण तथा शरिर बन्धक एक , बहुविवाह पाँच , कुटपिट दुई , अभद्र व्यवहार एक , लैगिंक हिंसा तथा घरेलु हिंसाबाट २ सय ९८ जना पीडित भएको तथ्याङ्क जिल्ला प्रतिनिधि आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

समिक्षामा कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले बिगतका वर्षहरूको तुलनामा भन्दा यस वर्ष मानव अधिकारका घटनाहरुमा केही कमी आएको बताउनु भयो । मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूमा कमी ल्याउन स्थानीय सरकारले समुदाय स्तरमा जनचेतना मूलकका कार्यक्रमहरूलाई थप प्राथमिकता दिनुपर्ने आचार्यको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत मानव अधिकारको अवस्थालाई तथ्यको आधारमा देखाउने एक दस्तावेज भएको बताउनु भयो । स्थानियतहमा रहेका न्यायीक समिती सक्रिय भए जिल्ला प्रशासन र प्रहरीमा आउने  घटनाका उजुरीहरूमा कमी आउने उहाँको भनाइ रहेको छ ।

आचार्यले जिल्लामा बढ्दो आत्महत्याको घटनालाई न्यूनिकरण गर्न इन्सेकले बिशेष भूमिका खेल्न आवश्यक देखिएको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बढदो अनमेल विवाह र आत्महत्याका घटनालाई न्यूनिकरण गर्न इन्सेकले बिभिन्न सरोकारवालाहरू सँग  अन्तरक्रिया गरि मानव अधिकारको संरक्षण गर्नुपर्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले थुनुवाहरूको मानव अधिकार प्रति प्रहरी जिम्मेवार रहेको बताउनु भयो । मानव अधिकारप्रति जिल्ला प्रहरी कार्यालय  र मातहतका ईकाईहरु मानव अधिकारको क्षेत्रमा सम्वेदनसिल भएर काम गरिरहेको बताउनु भयो ।

शिक्षा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले मानव अधिकार उल्लघंनका घटनाहरूमा कमी ल्याउन शिक्षामा लगानी लगाउनु पर्ने बताउनु भयो ।

इन्सेकका साधारण सदस्य रुकैया खातुनले स्थानिय तहले आफ्नो जिम्मेवारी पुरा गर्न सके र नगरिकहरूलाई सचेतीकरण गर्ने हो भने मानव अधिकार उल्लंघनका घटनाहरूमा कमी आउने बताउनु भयो ।

माहुरी होम कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुरले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि देशैभरीका मानव अधिकार उल्लघंनका घटनाहरुको तथ्यांकलाई मानव अधिकार वर्ष पुस्तकमा समेट्नु नै एक तस्तावेज भएको बताउनु भयो ।

बरिष्ठ मानव अधिकारकर्मी पशुपत्तिमणी त्रिपाठीले जिल्लामा बढदो वाल विवाहलाई रोक्न सबै सरोकारवालाहरु लाग्नु पर्नेमा जोडदिनु भयो ।

ओरेक नेपालका मनोविमर्शकर्ता सुस्मा आचार्यले साइवर क्राइमका क्राईमको उजुरीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट कार्यान्वय गर्नुपर्ने बताउँदै नेपाल मानव अधिकार वर्ष पुस्तकमा यस्ता समस्याहरुलाई समेट्न सुझाउनु भयो ।

सुरक्षित आवास गृह कपिलवस्तुका प्रमुख बिमला घिमिरेले बलात्कार भएका  महिलाबाट जन्मिएका बालबालिकाहरुको अधिकारकालागि आवश्यक कागजपत्रहरुमा सहजीकरण गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।

लैंगिंक यौनिक तथा अल्पशंख्यक समुदायका अभियान्ता प्रेरणा बिष्टले लामो समयको संघर्ष पश्चात समुदायलाई राज्यले नागरिकताको बिषयमा म्सम्बोधन गरेको बताउदै लैगिंक यौनिक तथा अल्पशंख्यक समुदायको बिषयलाई स्थानिय पाठ्यक्रममा समेटन सके सबैले समुदाय केहो भन्ने बिषयमा बुझ्न सक्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितका उपप्रमुख रमेश कुर्मी , गैर सरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेय, शसस्त्र प्रहरी कार्यालयका डिएसपी हिराबहादुर बोहरा , नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य , रेडियो परिवर्तनका स्टेशन म्यानेजर भुपाल थापा लगायतको उपस्थिती रहेको थियो ।

photo2023121601kapilbastu

अन्य

भिडियो