अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि वर्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २९ गते सम्पन्न भएको छ ।
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मानव अधिकार उल्लङ्घन असभ्यताको प्रतिक भएको भन्दै मानव अधिकार संस्कृतीको जगेर्ना गर्न मानव अधिकार मैत्री समाज निर्माणमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले समाजमा घट्ने सबै प्रकारका घटना रोक्न सचेतना मूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनु भयो ।
उहाँले राज्यलाई जवाफदेही बनाउँन इन्सेकले मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका अतुलनिय रहेको भन्दै इन्सेकले जस्तै अन्य संघ संस्था र सरोकारवाला निकाय पनि सम्वेदनशिल बन्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक मदन केसीले बागलुङमा गम्भिर प्रकृतिका घटनाहरु घट्ने क्रम बढ्दै गएको भन्दै न्यूनिकरणका लागि नागरिक समाज सचेत बन्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, जिल्ला सहकारी संघ बागलुङ अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु), मानव अधिकार संगठन बागलुङका अध्यक्ष अधिवक्ता लक्ष्मी जिसी कार्की, अपाङ्गता सरकोकार संघका अध्यक्ष चिजा थापा, शारिरीक अपाङ्ग संघका अध्यक्ष होमनाथ शर्मा, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र बागलुङका प्रमुख देवि भट्टराई, जेष्ठ नागरिक जिल्ला संघ बागलुङका सदस्य महेन्द्र सिंह रायमाझी, धौलागिरी पोजेटिभ समुहका कार्यक्रम निरिक्षक रामबहादुर थापा, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघका सदस्य इन्द्रा शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, पत्रकार संगम घर्ती लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जनवरी २०२३ देखि डिसेम्बरसम्म प्रलेख गरिएका ८४ ओटा घटनाहरुको समीक्षा गरिएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले आर्थिक सामाजिक अधिकारका एक, बाल अधिकार भित्र हत्या दुई, बलात्कार १७, बलात्कार प्रयास एक र यौन दुव्र्यवहार दुई, महिला अधिकार भित्र हत्या तीन, आत्महत्या दुरुत्सान एक, बहुविवाह चार, बलात्कार प्रयास दुई, बलात्कार आठ, घरेलु हिंसा ४१ र अन्य दुई ओटा घटना प्रस्तुत गर्नुभएको थियो ।
