नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि संकलन गरिएका मानव अधिकारस“ग सम्वन्धित घटनाहरुको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २८ गते गोरखामा सम्पन्न भएको छ ।
कार्यक्रममा गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीले जनवरी २०२३ देखि हालसम्म सम्म संकलन गरिएको घटनाको विवरण र मानव अधिकारको अवस्थाका बारेमा प्रस्तुती गर्नुभएको थियो । जसमा तीन ओटा हत्या, एक ओटा कुटपिट, दुर्व्यवहारको एक ओटा, ११ ओटा बाल अधिकार अन्तरगत बलात्कार र यौन दुर्व्यवहार, आत्महत्या दुरुत्साहनको एक ओटा, महिला विरुद्ध हुने सवै खालका भेदभाव तथा हिसा सम्वन्धी नौ ओटा, वोक्सीको आरोपमा एक ओटा, सार्वजनिक शान्ति विरुद्धको कसुरमा एक ओटा, शंकास्पद वस्नु फेलाको एक ओटा, वहुविवाहको एक ओटा, मानव वेचविखनको एक ओटा, ज्यान मार्ने उद्योग कसुरको एक ओटा, गाली गलौजको एक ओटा घटना सहित जम्मा ३४ ओटा घटना प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला न्यायाधिवक्ता सुरेन्द्र राज काफ्लेले कतिपय बलात्कारको घटनामा पीडित आर्थिक प्रलोभनमा परेर वयान फेर्दा न्याय निरुपणमा समस्या देखिने गरेको बताउनुभयो । गोरखा नगरपालिकाको न्यायिक समितिमा आर्थिक लेनदेन र जग्गा सम्बन्धि साध सिमानाको विवादका मुद्दा धेरै हुने गरेको गोरखा नगरपालिकामा कार्यरत बिमला वाग्लेले बताउनुभयो ।
मानव अधिकारकर्मीले अपराध र मानवअधिकार छुट्टाउनु पर्नेमा नेपाल बार एसोसियसनका अध्यक्ष यादव शर्माले जोड दिनुभयो । कतिपय अपराधका घटनालाई पनि मानव अधिकार संग जोडेर लिने गरेको उहाले बताउनुभयो । अपाङ्गता र बालबालिकाको विषयमा दर्ता भएका मुद्दामा संवेदनशिल बन्ने गरेको पनि उहाँले बताउनुभयो ।

अभियुत्तले पार्ने आर्थिक प्रलोभनले पनि पीडित होस्टाइल बन्ने प्रवृत्रि वढेको सहभागीले गर्नुभएको थियो । मेलमिलापको केहि घटनामा बिचौलिया पीडक र पीडितलाई मिलाउन सक्ने भन्दै सचेत रहनुपर्ने नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकालले बताउनुभयो । वास्तविक हिंसा पीडितलाई न्याय दिलाउन अधिकारकर्मीले पनि भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकले हिंसा न्यूनिकरणमा सघाउ पुर्याए नपुर्याएकोमा पनि अध्ययन गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताउनुभएको थियो ।
इन्सेकको तथ्याङ्ग हेर्दा राज्यले हिंसा न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्ने सहभागीले बताउनुभएको थियो । स्थानीय तहले नागरिक समाज स“ग प्रयाप्त सहकार्य नगरेकोमा पनि कार्यक्रमका सहभागीले चिन्ता जताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर रविन्द्र अधिकारी, पत्रकार महासंघ गोरखा शाखाका संस्थापक अध्यक्ष किशोर जंग थापा, कानुन व्यवसायी स्थानेश्वर दवाडी, रमेश अधिकारी लगायतको सहभागीता रहेको थियो ।
