INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाका विषयमा प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३ गते कालिकोटमा सम्पन्न गरिएको छ ।

Photo20181110Kalikot

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि २०१८ जनावरी १ देखि नोभेम्वर १५ सम्म कालिकोटमा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको हो ।

Photo20181110Kalikot1

कार्यक्रममा इन्सेक कालिकोटका जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले पेश गरेको प्रतिवेदन अनुसार यो वर्ष जातीय विभेद गरी हत्या गरेको एक, महिला माथि हुने हिंसाका १५, यौन दुर्व्यवहार तथा बलात्कारका १०, कुटपिटको एक र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी पाँच ओटा घटना भएका छन् । यसैगरी कथित बोक्सीको आरोपमा दुर्व्यवहारका घटना दुई ओटा र तीन ओटा घटना जातीय विभेदका छन् ।

Photo20181110Kalikot2

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले इन्सेकसँग नजिक रहेर १० वर्षदेखि काम गरिरहेको र नेपाल मानव अधिकार वर्ष पुस्तक समग्र जिल्लाको अवस्था झल्काउने दस्तावेज भएको हुनाले मानव अधिकार उल्लङ्घनका घटनाहरू छुटाउन नहुने सुझाव दिए ।

कालीबहादुर मल्ल

अन्य

भिडियो