INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३ गते सम्पन्न गरिएको छ ।

इन्सेकले सन् २०१८ को जनवरीदेखि अक्टुबरसम्ममा जिल्लामा सङ्कलन गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो ।

Photo20181120Siraha (1)

वार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले सन् २०१८ को जनवरीदेखि अक्टुबरसम्म सङ्कलन गरेका ९१ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा अभिलेखित घटना अनुसार बलात्कारका ३२ ओटा, बलात्कार प्रयासका २२ ओटा, बहुविवाहका ११ ओटालगायत ९१ ओटा घटनाहरू रहेका छन । अभिलेखित ९१ ओटा घटनामा ९० महिला सहित ९९ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि परियारले जनाए ।

Photo20181120Siraha (2)

कार्यक्रममा इलाका प्रशासन कार्यालयका प्रमुख सोमप्रसाद भट्टराईले इन्सेकको वर्ष पुस्तकले राज्यको उपस्थिति कहाँ कस्तो रहेको प्रष्ट हुने भएकाले कमजोरी सच्याउन सहयोग पुग्ने बताए । महिला हिंसाका घटनाहरू बृद्धि भएकाले यसको रोकथामको लागि सबै पक्ष मिलेर लाग्नु पर्ने बताए ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकाले यसमा मानव अधिकारका सम्पूर्ण बुँदाहरूलाई समेटेर प्रकाशन गर्न डिएसपी थापाले सुझाव दिए ।

दुर्गा परियार

अन्य

भिडियो