INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

इन्सेक रोल्पाको आयोजनामा नेपाल मानव अधिार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा  असार १५ गते लिवाङमा सम्पन्न भएको छ ।

जिल्लामा सन् २०२३ जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरूबारे सरोकारवालहरूबिच समीक्षा गरिएको हो ।

जिल्लामा ६ महिनाको अवधिमा २५ वटा घटना अभिलेख गरिएको प्रतिवेदन जिल्ला प्रतिनिधि तिलक घर्ती मगरले प्रस्तुत गर्नु भयो । जसमध्ये सबैभन्दा बढी २१ वटा घरेलु हिंसाका घटना, बलात्कारका दुई र परिवारजनबाट हत्या भएका दुई वटा घटना रहेका छन् ।

कार्यक्रममा बोल्नुहुदै रोल्पा नगरपालिकाका उपप्रमुख गिता आचार्यले जिल्लामा मानव अधिकारसँग सम्बन्धित घटनाहरू थुपै्र हुने गरेको बताउनु भयो । उहाँले स्थानीय तहमा रहेका न्यायिक समितिहरूमा  धेरैजसो घटहरू मिलापत्र हुनुको साथै समुदाय स्तरमै पनि  मिलापत्र हुने भएकाले त्यस्ता घटनाहरूलाई पनि इन्सेकले वर्ष पुस्तकमा समावेश गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल बार एशोसिएशन, रोल्पाका अध्यक्ष श्रीमन पोख्रेलले समुदाय स्तरमा थुप्रै मानव अधिकार उल्लंघनका घटनाहरू हुने गरेको बताउदै उक्त घटनाहरू समेटन सुझाउनु भयो ।

महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष तिर्था आचार्यले पुरूष  हिंसामा परेका घटनाको उजुरी नआउने भएकाले  पुरूषहरू पीडित भएका घटना बाहिर आउन नसकेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढाले सम्बन्धित निकायमा आइसकेका घटनाहरू भन्दा समुदाय स्तरमा हुने विभिन्न घटनाहरूलाई इन्सेकले अभिलेखिकरण गर्न सक्नुपर्ने धारणा राख्नु भयो ।

photo2023070301rolpa

अन्य

भिडियो