INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

इन्सेक कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४, प्रकाशन पूर्व  अर्ध वार्षिक समीक्षा असार १७ गते तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्लामा सन् २०२३ जनवरीदेखि जुनसम्म संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका १ सय ९० वटा घटना समेटिएको तथ्याङ्क इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले प्रस्तुत गर्नु भयो ।

प्रस्तुत घटनाहरूमा बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका २४, मानव बेचबिखन तथा ओसारपसार एक , बहुविवाह चार , हत्याका तीन, प्रहरी हिरासतमा मृत्यु एक र घरेलु हिंसाका १ सय ५७ वटा गरी १ सय ९० वटा घटना रहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितीका  प्रमुख बाबुराम आचार्यले इन्सेकले अभिलेख गरेका बिभिन्न घटनाका तथ्याङ्कले सरकार तथा अन्य सामाजिक न्यायका क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई मार्ग निर्देशन गर्न सहयोग पुग्ने गरेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले स्थानीय तहमा रहेका न्यायीक समिती सक्रिय भए जिल्ला प्रशासन र प्रहरीमा आउने उजुरीमा कमी हुने भएकोले यस बिषयमा इन्सेकले महत्वपूर्ण भूमिका खेल्न आवश्यक देखिएको बताउनु भयो ।

जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनीले इन्सेकले अभिलेख गरिएका घटनाहरू मात्र नभइ अदालती प्रक्रियामा दर्ता भएका मुद्दाहरुको समेत खोज अनुसन्धान गर्नुपर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका एसपी प्रेमबहादुर बस्नेतले थुनुवाहरूको मानव अधिकार प्रति प्रहरी जिम्मेवार रहेको बताउनु भयो ।

कपिलवस्तु अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट  डा.विपिन जयसवालले ओसिएमसीलाई व्यवस्थित तरिकाले अगाडि बढाउन सम्बन्धित सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनु भयो ।

photo2023070301kapilbastu

अन्य

भिडियो